पोखराको लेकसाइड सेन्टरमा आगलागी

पोखरा, २८ माघ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडको हल्लनचोकस्थित लेकसाइड सेन्टरमा शनिबार अपरान्ह आगलागी भएको छ । करिब साढे ३ बजेको समयदेखि त्यहाँ रहेको सेल्वेज सपिङ सेन्टरको भूमिगत गोदामबाट आगो फैलिएको थियो ।

आगो सोही सेन्टरमा रहेको हिमालयन जाभा क्याफे, नासा ट्रेकिङ, दोर्जेज बार, एटिएम लाउञ्ज लगायतका पसलसम्म पनि फैलिएको थियो । साँझ ६ बजेतिर आगो नियन्त्रणमा आएको थियो ।

पोखरा महानगरपालिका र अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका दमकलहरुको सहायताले आगो निभाइएको थियो ।

आगलागीको कारण पत्ता लागिसकेको छैन भने आगलागीबाट भएको क्षतिको पुर्ण विवरण पनि आउन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय