विवेकशील साझाको अध्यक्षमा समीक्षा, रञ्‍जुलाई महासचिव

काठमाडौं, २८ माघ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबार र शनिबार चलेको पहिलो महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

पार्टीको उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन भएका छन् भने महासचिवमा रञ्जु दर्शना चयन भएकी छन् ।

त्यस्तै सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल पनि सर्वसम्मत चुनिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय