दैलेखको महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन

दैलेख, २७ माघ । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरूङको निधन भएको छ । ७६ वर्षीय अध्यक्ष गुरूङको शुक्रबार मध्यान्ह १२ बजे निधन भएको हो ।

उच्च रक्तचाप र मुटुका बिरामी रहेका गुरूङको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा निधन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा गाउँपालिकाकै कामको लागि जाने क्रममा अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय