महेश र अस्मिताको आवाजमा ‘जुन टिपी दिऊँ कि’ सार्वजनिक

काठमाडौं, २७ माघ । चर्चित युवा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको आवाजमा नयाँ गीत ‘जुन टिपी दिऊँ कि’ सार्वजनिक भएको छ ।
महेश काफ्लेको आधाकारिक युट्युब च्यानल महेश एन्ड मोर (Mahesh and More) मा शुक्रबार विहान गीत सार्वजनिक भएको हो ।
गीतको भिडियोमा महेश र अस्मिताकै अभिनय रहेको छ । महेशको रचना रहेको गीतमा रिकेश गुरुङले सङ्गीत र गितार दिएका छन् ।
यस गीत महेशले बाल्यकालदेखि सुनेको गाएको र रमाएको मौलिक नेपाली सङ्गीतको संयोजनसहितको प्रस्तुतिकरण भएको महेशले बताएका छन् ।
भिडियो:

