राष्ट्रपतिले संघीय संसदमा सम्बोधन गर्दै

काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदमा सम्बोधन गर्दै छिन् ।
आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा दिउँसो ३ बजे राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।
आफ्नो दोस्रो कार्यकालमा रहेकी राष्ट्रपति भण्डारीको कार्यकाल सकिन लागेको छ ।
आगामी फागुन २५ गते नयाँ राष्ट्रपतिका लागि निर्वाचन पनि हुँदै छ ।

