सन्दीप पाँच महिनापछि राष्ट्रिय टोलीमा फर्किए

स्कटल्यान्ड र नामिबियासँग हुने श्रृंखलाका लागि टोलीको घोषणा
फाइल तस्वीर

काठमाडौं, २६ माघ । आगामी साता त्रिवि क्रिकेट मैदानमा सुरु हुने नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा पूर्वकप्तान सन्दीप लामिछाने करिब ५ महिनापछि फर्किएका छन् ।

नाबालिगविरुद्ध बलात्कारको आरोप लागेपछि उनी कप्तानबाट हटाइएका थिए भने अनुशासनको कारवाहीस्वरुप टोलीबाटै निलम्बन पनि हुनुपरेको थियो ।

केही दिनअघि क्यानको पदाधिकारी बैठकले उनको निलम्बन फुकुवा गरेसँगै उनी टोलीको अभ्यासमा पनि फर्किएका थिए ।

नेपाली टोली:

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय