सुदूरपश्चिम प्रदेश सरकार ढल्यो, मुख्यमन्त्री रावल पदमुक्त

कैलाली, २६ माघ । गठन भएको एक महिना पनि नपुग्दै एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ । प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्ती नियुक्त भएको ३० दिनभित्र विश्वासको मत पाउनुपर्ने भएपनि रावलले विश्वासको मतका लागि पेस गरेको प्रस्ताव छलफलका लागि पारित नै हुन सकेन ।

निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेका हुन् ।

योसँगै प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने ढोका खुलेको छ ।

सुदूरपश्चिम प्रदेश सभामा १९ सिटसहित नेपाली काँग्रेस सबैभन्दा ठूलो दल हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय