‘बरको डाली’मा कृष्णसँग सरिता र जुनाको  रोमान्स

काठमाडौं, २६ माघ । गायक रंजित विश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा रहेको गित ‘बरको डाली’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । खेमराज गौतमको शब्द संगीत तथा एरेन्ज रहेको लोकदोहोरी गीतमा माया प्रेमका भावलाई समेटिएको छ।

सार्वजनिक म्यूजिक भिडियोमा लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका मोडल कृष्ण सुनारको साथमा मोडल द्वय सरिता दनकुटि र जुना कार्कीलाइ त्रिकोणात्मक प्रेम कहानीमा छायांकन गरिएको छ।

गणेश सापकोटाले छायांकन गरेको भिडियोलाइ चर्चित निर्देशक तथा कोरियोग्राफर शिब बिकले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

पोखरामा छायांकन गरिएको भिडियोमा मोडल कृष्ण सुनारको अभिनयलाइ निखार्दै आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय