सुदूरपश्चिम सरकारको चाबी डिल्लीबजार कारागारमा

काठमाडौं, २६ माघ । सुदुरप्रदेश सरकारले विश्वासको मत लिने अन्तिम समय भैसक्दा पनि सरकारको निणर्ायक शक्ति मानिएको नागरिक उन्मुक्ति पार्टीका ७ सांसद काठमाडौंमै छन् ।

आजै साँझसम्म उनिहरु धनगढी नपुग्ने हो भने प्रदेश सरकार ढल्ने निश्चित छ । तर,सत्ताको साँचो भने डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँगै छ । अर्थात चौधरीले ‘ओके’ नभन्दा सम्म नाउपाले विश्वासको मत नदिने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुको माग सम्बोधन नभएकाले विश्वासको मत नदिने निणर्य गरेको बताएकी छन् । यद्यपी उनलाई फकाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तिम प्रयत्न गरिरहेका छन् ।

काठमाडौंमा रहेका नागरिक उन्मुक्तिका ७ जना साँसद अझै धनगढी फर्किने सुरसार नगरेकाले दिउँसो १ बजेको प्रदेश सभा बैठकमा सारेर अन्तिमसम्म उन्मुक्तिको पर्खाइमा रहने एमालेको तयारी छ । तर,जती समय सारे पनि रेशम चौधरी रिहाईका्े लिखित प्रतिबद्धता नआएसम्म नाउपाले मत नदिने बताएको छ ।

यता आजै दिउसो उच्च स्तरीय राजनितिक संयन्त्रको बैठक बस्ने भएकाले सो बैठकले रेशमका बारेमा छलफल गर्ने बताइएको छ । त्यसपछि पार्टीको स्थिति स्पष्ट बनाएर नागरिक उन्मुक्तिका सांसद धनगढी फर्किने/नफर्किने टुङ्गो लाग्नेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय