टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

तस्वीर: REUTERS

एजेन्सी, २६ माघ । टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सोमबार गएको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको छ ।

लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको छ ।

तर राष्ट्रपति रेचेप तैयप एर्दोआनले यो समय आलोचना नभइ एकताको भएको भन्दै सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

भूकम्पले थुप्रै भौतिक संरचना ध्वस्त भएको र सडक सन्जालमा पनि क्षति पुगेकाले राहत तथा उद्धारमा कठिनाइ भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय