टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी

काठमाडौं, २५ माघ । टर्कीमा गएको विनाशकारी भूकम्पपीडितका लागि राहत र पुनर्स्थापनामा सहयोगस्वरुप नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री दाहालले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सहयोग गर्नुपर्ने बताएका थिए ।

