आगलागीमा परेर बालिकाको ज्यान गयो

जुम्ला, २४ माघ । जुम्लाको चन्दननाथ नगरपालिका-१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ।
ठिन्के गाउँका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए ।
दमकल, प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा गए राति करिब २ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट लोकबहादुरको तीन तले घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

