वरिष्ठ गायक पोखरेल मुम्बईमा सम्मानित

काठमाडौं, २३ माघ । वरिष्ठ गायक एवं रेडियो नेपालका बोर्ड सदस्य सिताराम पोखरेल भारतको मुम्बईमा सम्मानित भएका छन् । फेब्रुअरी ३ मा मुम्बईको ताज होटलमा आयोजित भब्य कार्यक्रमका बिच भारतीय टेलिभिजनको सबैभन्दा ठूलो ‘दादा साहेब फलके अवार्ड’ बाट पोखरेल सम्मानित भएका हुन् ।

भारतीय टेलिभिजनका हस्तीहरुले खचाखच भरिएको सभाहलमा पोखरेललाई नेपालबाट सहभागी वरिष्ठ गायक भनेर सम्मान गर्न बोलाउँदा हल तालीले गुन्जयमान भएको थियो ।

मुम्बईका एसिपी सन्जय पटेलले पोखरेललाई अवार्ड सहित सम्मान गरेका थिए । ‘मेरो जिवनको यो अर्को खुशीको क्षण हो’, सम्मानित भएपछि पोखरेलले परेवान्युजसँग भने- ‘त्यत्रो ठूलो देशको फिल्मनगरी मुम्बई जहाँ हजारौं वरिष्ठ कलाकार छन् । त्यही ठाउँमा भव्य सम्मान पाँउदा मेरो छाती गर्वले फुलेको छ त्यसमाथि देशको नाम उच्चारण हुँदा म नेपाली हुनुमा गर्व गर्न पाएको छु ।’

वरिष्ठ गायक पोखरेल नेपालमा पनि उत्तिकै चर्चित छन् । उनले हरेक वर्ष आफ्नो नयाँ गित सार्वजनिक गर्दै आएका छन् । भर्खरै मात्र सार्वजनिक भएको उनको नयाँ गित अहिले बजारमा चर्चामा छ । जसको मुस्ताङमा छायांकन गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय