पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसरर्फको निधन

एजेन्सी, २२ माघ । पाकिस्तानका पूर्वराष्ट्रपति एवम् सेना जर्नल परवेज मुसर्रफको निधन भएको छ । ७९ वर्षीय मुसर्रफको आइतबार विहान युएईको दुबईमा उपचारका क्रममा निधन भएको सञ्चारमाध्यमले जनाएका छन् ।

कमैलाई मात्र लाग्ने अमाइलोइडोसिस् रोगबाट पीडित उनी तीन सातादेखि अस्पतालमा भर्ना थिए । पूर्व सेना प्रमुखसमेत रहेका उनले सन् १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको सत्ता हातमा लिएका थिए ।

२००१ को जुनमा उनले सैन्य प्रमुख रहँदै आफूलाई राष्ट्रपति घोषणा गरेका उनी २००८ सम्म पाकिस्तानका राष्ट्रपति रहेका थिए ।

राजद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएपछि उनी पछिल्लो समय निर्वासनमा बस्दै आएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय