पर्थलाई पाँचौंपटक बिग ब्यासको उपाधि

काठमाडौं, २१ माघ । १२औं संस्करणको अस्ट्रेलियन बिग ब्यास लिग क्रिकेटको उपाधि पर्थ स्कोर्चर्सले जितेको छ । शनिबार भएको फाइनलमा ब्रिसबेन हिटलाई ५ विकेटले हराउँदै पर्थले पाँचौंपटक उपाधि जितेको हो ।
जीतका लागि ब्रिसबेनले दिएको १७६ रनको लक्ष्य पर्थले तीन बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो । पर्थको जीतमा कप्तान एस्टन टर्नरले ५३ रन बनाउँदा जोश इङ्लिसले २६ तथा कूपर कोनोलीले अविजित २५ रन बनाए । ब्रिसबेनका जेभियर बार्टलेट स्पेन्सर जोनसोन र म्याथ्यु कुहनेमानले ११ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्रिसबेनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । उसका नेथन मेकस्वीनीले ४१ रन बनाउँदा साम हिजलेटले ३४ रन बनाए । पर्थका जेसन बेहरनडर्फ र म्याथ्यु केलीले २ २ विकेट लिएका थिए भने डेभिड पेन आरोन हार्डी र एन्ड्रयु टाइले १ १ विकेट लिए ।
सर्वाधिक सफल टोली पर्थले लगातार तेस्रोपटक उपाधि जित्दै पाँचौंपटक उपाधि जित्न सफल भयो ।

