एक नेपालीले युएईमा जिते ८२ करोड रुपैयाँको चिठ्ठा !

एजेन्सी, २१ माघ । कतारमा कार्यरत एक नेपाली युवाले संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा आयोजित लट्रीमा पुरस्कार जितेका छन् ।

नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका हुन् ।

विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए ।

यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेर उनका परिवारका सदस्यहरु निकै खुसी भएका छन् । उनका ५ र १० वर्षका दुई छोरा पनि छन् ।

विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग मिलेर बिग टिकटहरू खरिद गर्दै आएका उनले आगामी दिनहरुमा पनि पुरस्कार जित्‍ने प्रयास जारी राख्‍ने बताएका छन् ।

‘म अत्यन्तै खुसी भएको छु। मै जितेको यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्नेछु’, उनले भने ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय