सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौं, २० माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने भन्दै सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ ।
गत भदौमा नाबालिग बलात्कारको अभियोग लागेर थुनामा राखिएका सन्दीपलाई धरौटीमा छोड्ने पाटन उच्च अदालतको पुस २८ गतेको आदेश बदर गर्न माग गर्दै सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो ।
गत मङ्गलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।
यता सन्दीप लामिछानेलाई भने यही फेब्रुअरीमा स्कटल्यान्ड र नामिबियासँग हुने श्रृंखलाअघिको क्याम्पमा समावेश गरिएको छ ।

