पूर्व प्रधानसेनापति कटवाल आइसियूमा

काठमाडौं, २० माघ । पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल अस्पताल भर्ना भएका छन् ।
काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको जनाइएको छ ।
एक सातादेखि नियमित डायलासिस भइरहेको र उनको अवस्था स्थिर रहेको नेपाली सेनाले जनाएको छ ।
उनी २०६३ सालमा नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए ।

