रविलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा युवकद्वारा आत्मदाह प्रयास

जुम्ला, १९ माघ । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालकको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्किएका उनले लाइटर सल्काएर आगो पार्ने प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको थियो ।
समयमै उद्दार गरेकाले थप केही दुर्घटना हुन नपाएको र यसबारेमा अनुसन्धान सुरु गरिएको छ ।

