नाउपा सांसद अरुणकुमार चौधरी पक्राउ

कैलाली, १९ माघ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । उनी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् ।

ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ जरिवाना भराउने फैसला भएको थियो ।

त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरेर कैलालीतर्फ लैजाने क्रममा रहेको जनाइएको छ ।

अदालतको आदेश अनुसारको सजाय नै नभोगी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुलेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय