सालीनदी मेलामा झन्डै १ करोड भेटी

काठमाडौं, १८ माघ । स्वस्थानी व्रतकथा अनुसार लावण्य देश अर्थात काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा झन्डै १ करोड भेटी सङ्कलन भएको छ । सालीनदी किनारमा मेला अझै जारी छ ।

मेला आयोजक समितिले दिएको जानकारी अनुसार मेलामा २६ दिनको भेटी ८४ लाख ७७ हजार जम्मा भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला) अझै ४ दिन चल्नेछ । मेलाको अन्तिम दिनसम्म एक करोड भन्दा बढी भेटी सङ्कलन हुने माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिले अपेक्षा गरेको छ ।

समितिले त्यहाँ आसपासमा सञ्चालन गरेका पसलबाट पनि भाडा उठाउँदै आएको छ । भक्तजनबाट सङ्कलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने समितिले जनाएको छ ।

माघ २२ गतेसम्म चल्ने उक्त मेलामा ३० लाख भक्तजनले मेला हेर्ने विश्वास समितिले लिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय