यस्ता छन् गहिरो श्‍वास लिनुका फाइदाहरु

जब तपाईं चिन्तित बन्नुहुन्छ, तब तपाईंको मुटुको धड्कन छिटोछिटो बढिरहेको हुन्छ । यसबेला रक्त प्रवाह तपाईंको मुटु र मस्तिष्कतर्फ बढ्छ जसले गर्दा विभिन्‍न समस्याहरु निम्तिन सक्छन् ।

यसबाट बच्नका दैनिक केही समय गहिरो श्वास लिने अभ्यास गर्नाले शरीलाई आराम दिलाउनुका साथै विभिन्‍न समस्याहरु निम्तिन बाट जोगाउँछ ।

केके छन् त लामो श्‍वास लिनुका फाइदाहरु:

इम्युनिटी बलियो हुन्छ: गहिरो श्वास लिनाले ताजा अक्सिजन मिल्छ र विषाक्त पदार्थ तथा कार्बनडाइअक्साइड बाहिर निस्कन्छ । जब रगत अक्स्जिनेटेड हुन्छ, तब शरीरको प्रतिरक्षा प्रणाली मजबुत हुन्छ । शरीरका महत्वपूर्ण अंगले ठिक रुपमा काम गर्छन् टक्सिन मुक्त र स्वस्थ रगतको आपूर्तिले संक्रमण फैलाउने किटाणुहरू जरैदेखि भाग्छन् ।

शरीरबाट विषालु तत्त्व घट्छ: बिस्तारै, गहिरो, लामो श्वास लिना शरीर डिटोक्सिफाईड हुन र शान्त भाव पैदा हुन सहयोग मिल्छ । राम्रो निद्रा लाग्छ । यदी अनिद्राको गुनासो छ भने सुत्नुभन्दा पहिले गहिरो श्वास लिनुस् । कार्बन डाइअसक्साइड (प्राकृतिक विषाक्त फोहर) श्वासमार्फत नै बाहिर आउँछ ।

छोटो श्वासले फोक्सोलाई कम प्रतिक्रिया गर्छ । अन्य अंगबाट पनि यस फोहोरलाई निकाल्नका लागि कडा मेहिनत गर्नुपर्छ ।

दुखाई महसुस कम हुन्छ: जब तपाई गहिरो श्वास लिनुहुन्छ, तब शरीरले एन्डोर्फिन बनाउँछ । यो राम्रो हर्मोन तथा शरीरद्वारा बनाइएको एक प्राकृतिक पीडा निवारक हो ।

तनाव कम हुन्छ: गहिरो श्वास लिनाले चिन्ताजनक विचार र घबराहटबाट छुटकारा मिल्छ । हृदयको गति सुस्त हुन्छ । यसबाट शरीरले धेरै अक्सिजन पाउँछ । हर्मोन सन्तुलित हुन्छ । कोर्टिसोलको स्तर कम हुन्छ । कोर्टिसोल स्ट्रेस हर्मोन हो । जब कोर्टिसोलको स्तर निकै अधिक समयसम्म रहिरहन्छ, तब यसले अधिक नोक्सान पुर्‍याउँछ ।

रक्त प्रवाह ठिक हुन्छ: डायफ्रम माथि र तल हुँदाह रक्त प्रवाहको गति बढ्छ । यसबाट विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुग्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय