क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

पोखरा, १७ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को मङ्गलबार पोखरामा भएको केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको एक बोर्ड सदस्यले जनाएका छन् ।
गएको भदौमा बलात्कार आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो भने पक्राउपछि थुनामा रहेका उनी उच्च अदालतको धरौटीमा छाड्ने आदेशपछि अहिले थुनामुक्त छन् ।
यद्यपि आजै मात्र उनलाई थुनामै राख्नुपर्ने मागसहित महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको छ ।

