धमलापत्नी एलिजा नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्ने

काठमाडौं, १४ माघ । नायिका तथा मोडल एलिजा गौतम आज नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्ने भएकी छिन् । उनी चर्चित संचारकर्मी ऋषि धमलाकी पत्नी हुन् ।
उनको पार्टी प्रवेश गर्ने विषय गोप्य राखिएको छ । यद्यपि काठमाडौ बाहिर यो कार्यक्रम आजै हुनेछ । टिकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रन्जिता श्रेष्ठपछिको वरीयतामा एलिजा हुने गरि प्रवेशको तयारी रहेको स्रोतले जानकारी दिएको छ ।
एलिजालाई पार्टीको पदाधिकारी बनाउने र मिलेसम्म ६ महिना मन्त्री बनाउने समेत चर्चा छ । यद्यपि मन्त्री बनाउने विषय छलफलमै छ । सो पार्टी सरकारलाई समर्थन गरेपनि अहिले सत्तामा छैन ।
एलिजासहित केहि स्वतन्त्र व्यक्तिहरू पनि नागरिक उन्मुक्तिमा प्रवेश गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

