रवि लामिछाने नेतृत्वको रास्वपाको सबै कार्यक्रम रद्द

काठमाडौं, १३ माघ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेको छ । सो पार्टीले नगर,जिल्ला र क्षेत्रको कार्यक्रम सार्वजनिक गर्दै संगठन विस्तार अभियान चलाउने भनेको थियो ।

शुक्रबार अदालतले पार्टी सभापति लामिछानेको नागरिकता अवैध ठहर गरिदिएपछि पार्टीको सबै कार्यक्रम स्थगित गरिएको हो । रास्वपाका महासचिव डा. मुकुल ढकालले माघ १४ गतेदेखि तय गरिएका प्रदेश समितिहरूको विस्तारित बैठक र संगठन विस्तारका कार्यक्रम स्थगित भएको जानकारी दिए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको निर्णय बमोजिम माघ १४ देखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरू विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ’ उनको विज्ञप्तिमा भनिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय