रवि लामिछाने पार्टी सभापति समेत नरहने !

काठमाडौं, १३ माघ । अदालतको फैसला आएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मन्त्री पदसँगै पार्टी सभापति पद समेत गएको छ ।
निर्वाचन आयोग स्रोतका अनुसार कानुनत: लामिछानेको सभापति पद गएको छ। यो सँगै सो पार्टी नेतृत्वविहीन हुने देखिन्छ ।
सो पार्टीको २० सांसद रहेकोमा अब १९ जना मात्रै कायम हुनेछन् ।
लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर-२ बाट चुनाव जितेका थिए ।

