बानेश्वरमा एक व्यक्तिले आफैंलाई आगो लगाए
काठमाडौं, १० माघ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।

बानेश्वरबाट तीनकुनेतर्फ जाने मुख्य सडकको बीचमै इलाम ठेगाना भएका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्केलगत्तै आत्मदाहको प्रयास गरेको प्रत्यक्षदर्शीको भनाई छ ।
उनलाई प्रहरीले तत्कालै उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पताल लगेका छन् ।
Comments
