तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

काठमाडौं, ८ माघ । तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने पर्व सोनाम ल्होसार आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
प्रत्येक वर्ष एक/एक वटा जनावर तथा चराचुरुंगीको नाममा फेरिने ल्हो अर्थात वर्ग अनुसार यो वर्ष बाघ वर्गलाई विदा गरी बिरालो वर्गलाई स्वागत गरिएको छ ।
मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।
सोनाम ल्होछार २८५९ को अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले वृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।
उक्त महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

