सभामुख चयनका लागि आज निर्वाचन हुँदै

एमालेबाट घिमिरे र काँग्रेसबाट न्यौपाने उम्मेदवार

काठमाडौं ५ माघ । प्रतिनिधिसभाको सभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । मतदानका लागि आज विहान ११ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

सभामुखका लागि नेकपा एमालेबाट देवराज घिमिरे र नेपाली काँग्रेसबाट ईश्वरी न्यौपानेबीच प्रतिस्पर्धा हुँदैछ । पछिल्लोपटक विसं २०५१ मा बहुमतीय प्रक्रियाबाट सभामुख चयन भएको थियो भने त्यसपछि सधैं सभामुख सर्वसम्मत चयन हुँदै आएको थियो ।

झापा २ बाट सांसदमा निर्वाचित घिमिरे एमालेको स्थायी समिति सदस्यसमेत हुन् भने यसअघि एकपटक राष्ट्रियसभा सदस्य पनि निर्वाचित भएका थिए । न्यौपाने भने दाङबाट समानुपातिकतर्फबाट बनेकी सांसद हुन् ।

सभामुख निर्वाचित हुनका लागि बहुमत ल्याउनुपर्नेछ अर्थात् २७५ सदस्यमध्येबाट १३८ मत आवश्यक हुन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय