सभामुखको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौं, ४ माघ । प्रतिनिधिसभाको सभामुख चयन गर्नका लागि भोलि हुने निर्वाचनअघि आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

संघीय संसद सचिवालयले सूचना जारी गर्दै बुधबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय रहेको जनाएको छ । त्यसपछि आजै उम्मेदवारको सूची पनि प्रकाशित सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।

सभामुख चयनका लागि बिहिबार बिहान ११ बजे बस्‍ने प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेश गरिनेछ । सभामुख पदका लागि एक जनाले मात्रै उम्मेदवारी दिए निर्विरोध निर्वाचित हुने छन् भने एक जनाभन्दा बढी भए प्रतिनिधिसभामा मतदान हुनेछ ।

त्यसपछि माघ ७ गते उपसभामुख चयन गरिनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय