भरतपुरका युवाद्वारा विमान दुर्घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

चितवन, २ माघ । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार भरतपुरमा दीप प्रज्वलन गरिएको छ ।

भरतपुरका विभिन्‍न युवाहरु मिलेर सोमबार साँझ चौबिसकोठीमा भेला भएर दीप प्रज्वलन गरेका हुन् । उनीहरुले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै दु:ख व्यक्त गरेका छन् ।

आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा हालसम्म ७० जनाको मृत्यु पुष्टि भएको छ । २ जना अझै बेपत्ता छन् । बेपत्ता दुईको भोलि खोजी गरिने जनाइएको छ ।

तस्वीरहरु:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय