दुर्घटनाग्रस्त जहाजमा पत्रकार पौडेल पनि यात्रु

काठमाडौं, १ माघ । पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेल पनि यात्रु रहेको खबर छ । यद्यपि घटनमा उनी परेको नपरेको पुष्टि हुन बाकी छ । यतिबेला उनले प्रयोग गर्ने मोबाइल सम्पर्क हुन सकेको छैन ।
पत्रकार पौडेल काठमाडौंबाट पोखरा जाने कार्यक्रम रहेको पनि खुलेको छ । त्यै जहाजमा पौडेल गएको हुनसक्ने स्रोतको भनाई छ ।
नेपाल पत्रकार महासङको पुर्ब केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष भएका पौडेल तत्कालिन अर्थमन्त्री कृष्ण बहादुर महराका प्रेस सल्लाहकार समेत रहेका थिए । पौडेलको नाम यात्रुको सुचीमा रहेको छ ।
सत्तारूढ माओवादी केन्द्रका नेता समेत रहेका पौडेल प्रधानमन्त्री पुस्पकमल दाहाललाई भेटेर उनी काठमाडौंबाट पाेखरा फर्किएको स्रोतको भनाई छ ।
त्यस्तै लोकगायिका निरा छन्त्याल पनि सोही जहाजमा सवार रहेको जानकारी आएको छ ।
काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखराको नयाँ गाउँमा दुर्घटनामा परेको हो । चालक दलका चार सदस्य सहित ७२ जना यात्रु सवार उक्त विमान जलेको अवस्थामा उद्दार जारी छ । हालसम्म ३० यात्रुको शव भेटीएको पुष्टि भएछ ।

