स्याङ्जामा आजदेखि वालिङ गोल्डकप फुटबल सुरु हुुँदै
स्याङ्जा, ३० पुस । स्याङ्जाको वालिङमा आजदेखि वालिङ गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । वालिङ युनाइटेड फुटबल क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा वालिङ एफसी रेड र रुपन्देहीको लिस्नु एससीबीच प्रतिस्पर्धा हुने छ । खेल दिउँसो १:३० बजेदेखि वालिङको मालेबगर मैदानमा सुरु हुने छ ।
प्रतियोगितामा ए डिभिजनका दुई टोलीसहित ८ टोलीको सहभागिता रहेको छ ।
Comments
