गण्डकीमा सभामुखको निर्वाचन आज हुँदै
पोखरा, ३० पुस । गण्डकी प्रदेश सभामा आज सभामुखको चयनका लागि निर्वाचन हुँदै छ । सभामुख निर्वाचनका लागि आज दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ ।

गण्डकीमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रलाई सभामुख दिने सहमति भएअनुसार कृष्ण धिताल उम्मेदवार रहेका छन् । नेपाली काँग्रेसले भने उम्मेदवार टुङ्गो लगाइसकेको छैन ।
यसअघि शुक्रबार नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पनि पाइसकेका छन् ।
Comments
