सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं, २८ पुस । नाबालिगमाथि बलात्कार गरेको भनी अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
यद्यपि उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ । उनी हाललाई विदेश जान नपाउने आदेश पनि उच्च अदालतले गरेको छ ।

