भरतपुरमा श्रीमान्-श्रीमती मृत फेला, हत्यापछि आत्महत्याको आशंका

चितवन, २६ पुस । चितवनको भरतपुरमा श्रीमान-श्रीमती मृत फेला परेका छन् । मंगलबार विहान भरतपुर महानगरपालिका-२९ लमजुगेटोल स्थित एक घरमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार मृत फेला पर्नेमा २२ वर्षीय प्रेम रानामगर र उनकी श्रीमती २१ वर्षीया बुद्धिमाया रानामगर छन् । बुद्धिमायाको शव बाहिर भुइमा फेला परेको छ भने प्रेमको शव कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको छ ।

यो घटना हत्यापछि आत्महत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसबारे थप अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय