सन्दीप प्रकरणमा जोडिएकी किशोरी नाबालिग नभएको प्रमाण !

काठमाडौं, २५ पुस । क्रिकेटर सन्दीप लामिछाने प्रकरणमा नाबालिका भनिएकी किशोरीको उमेर १८ वर्ष भन्दा बढी भएको जन्मदर्ता भेटिएको छ । स्रोतका अनुसार वीरगन्जस्थित नारायाणी क्षेत्रीय अस्पतालले किशोरीको जन्म मिति २०६१ भएको प्रमाण दिएको बुझिएको छ ।

सो प्रमाण जिल्ला अदालत काठमाडौँमा पठाएको समेत स्रोतको भनाइ छ । यद्यपि यो मुद्दा अदालतमा रहेकोले परेवान्युज स्रोतले यसबारे थप कुरा खुलाउन चाहेन ।

सन्दीप लामिछाने विरुद्ध जाहेरी दिने किशोरीको जन्म मिति २०६१ जेठ १८ कि २०६२ जेठ १८ भन्ने विवाद अदालतसम्म पुगेको छ। पछिल्लो प्रमाण सहि ठहरिएमा किशोरीको जन्म २०६१ भन्ने बुझिन्छ । यसले किशोरी नाबालिक नरहेको प्रमाण पुष्टि गर्दछ ।

यसअघि सन्दीप लामिछाने कै कानुन व्यावसायीले किशोरी नाबालिग नभएको दाबी गर्दै उनी जन्मिएको प्रमाण अस्पतालबाट झिकाउन माग गरेका थिए ।

हाल थुनामा रहेका सन्दीपलाई नियोजित रुपमा फसाइएको आरोप एकातिर लागिरहेको छ भने अर्कोतिर सन्दीप आफैंले पनि निर्दोष रहेको बताइरहेका छन् ।

यद्यपि मुद्दाको सुनुवाइ बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...