भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटनामा तीन नेपालीको मृत्यु

काठमाडौं, २५ पुस । भारतबाट नेपाल आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिक दुर्घटना हुँदा ३ नेपालीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतको गुजरातबाट कैलाली आउँदै गरेको बस दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीका ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललीत साउद र २० वर्षीया निर्मला बोहरा छन् ।
दुर्घटनामा परेर बसमा सवार अन्य नेपाली घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।

