रेसुङ्गा विमानस्थलमा डेमो उडान हुँदै, नगरपालिकाले दियो बिदा

गुल्मी, २४ पुस । गुल्मीमा नवनिर्मित रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुँदै छ । रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण भएको विमानस्थलमा डेमो उडान हुने अवसरमा नगरपालिकाले बिदा पनि दिएको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गर्न लागिएकाले आज नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने उल्लेख गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाज विहान १०:३० बजे उक्त विमानस्थल प्रस्थान गर्नेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय