स्व. बस्नेतप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं, २३ पुस । नेपाली काङ्ग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर-६ बौद्धस्थित अरुणिमा समावेशी टोल कार्य समितिले प्रजातान्त्रिक योद्धा स्व.कपिलकुमारी बस्नेतको निधनमा शोक व्यक्त गर्दै परिवारमा समवेदना दिएको छ ।
काठमाडौ-६ बौद्ध निवासी स्व.बस्नेत नेपाली काङ्ग्रेसकि केन्द्रिय सदस्य,पुर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य अम्बिका बस्नेतकी आमा हुन् । स्व.कपिलकुमारी बस्नेतकि ३ छोरीहरु सुश्री अम्बिका बस्नेत, इन्दिरा बस्नेत कोइराला र शिला बस्नेत ढुंगाना छन् ।
शनिबार समावेशी टोल समितिले आयोजना गरेको मृतक प्रति श्रद्धाञ्जली र पारिवारलाई समवेदना व्यक्त गर्ने कार्यक्रम पुर्व मन्त्री अम्बिका बस्नेतकै निवासमा भएको थियो ।

सो कार्यक्रममा टोल समितिका अध्यक्ष ईश्वर बस्नेत,सल्लाहकार राजनकुमार पोखरेल लगायत समावेशी टोल समितिका पदाधिकारी र सदस्यहरुले पार्टीको तर्फबाट समवेदना-पत्र हस्तान्तरण गरेको थियो ।
समवेदना पत्र बुझ्दै पुर्व मन्त्री बस्नेतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो आमाले खेलेको भुमिका स्मरण गर्दै उहाँ प्रती श्रद्धाञ्जली दिन उपस्थित सबैलाई परिवारको तर्फबाट धन्यवाद दिइन ।

