आहा ! रारा पोखरा गोल्डकपको उपाधि भिडन्त आज

फोटो: सहारा क्लब पोखरा

पोखरा, २३ पुस । २२औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ ।

पोखरा रंगशालामा दिउँसो १ बजेपछि सुरु हुने फाइनल खेलमा संकटा क्लब र बीवाइएस्सी मिनेसोटा उपाधिका लागि आमनेसामने हुँदै छन् ।

संकटा क्लब २०७७ को २०औं संस्करणको उपाधि विजेता हो भने बीवाइएस्सीको यो प्रतियोगितामै‌ दोस्रो सहभागिता हो । अघिल्लोपटक पहिलो खेलबाटै बाहिरिएको थियो ।

संकटाले सेमिफाइनलमा एपिएफ क्लबलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको थियो भने बीवाइएससीले चर्च ब्वाइज क्लबको चुनौति पन्छाएको थियो ।

प्रतियोगिताको उपाधि विजेताले ट्रफीसहित १२ लाख नगद पुरस्कार प्राप्त गर्ने छ भने उपविजेताले ६ लाख रुपैयाँ नगद प्राप्त गर्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय