मर्मत सम्पन्न भएसँगै मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा

चितवन, २२ पुस । मनकामना केबलकारको सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । गत पुस ११ देखि बन्द रहेको सेवा शुक्रबारदेखि सञ्चालनमा आएको केबलकार सञ्चालकले जनाएका छन् ।
विद्युत आपूर्ति अनियमित हुँदा केबलकारको प्यानलमा क्षति पुगेकाले सेवा बन्द गरिएको थियो । मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने भएकाले सेवा बन्द गराइएको थियो ।
डोपलमायरकै प्राविधिक आएर मर्मत तथा नयाँ प्यानल प्रतिस्थापन गरिसकिएको र आजदेखि नियमित सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

