भरतपुरमा मृतकको हातबाट सुनको ब्रासलेट चोरी गर्ने सुरक्षागार्ड पक्राउ

चितवन, २२ पुस । चितवनको भरतपुरस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको हातबाट सुनको ब्रासलेट चोरी गरेको आरोपमा सुरक्षा गार्ड पक्राउ परेका छन् ।

केही दिनअघि मुग्लिन नारायणगढ सडकमा भएको दुर्घटनामा घाइते भएका व्यक्तिको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएपछि उनले लगाएको ब्रासलेट चोरी भएको थियो ।

आफन्तले ब्रासलेट हराएको थाहा पाएपछि खोजी गर्दै जाँदा सुरक्षागार्डबाट चोरी भएको पत्ता लागेको थियो । चोरीमा संलग्‍न २७ वर्षीय कृष्ण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई चोरी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय