चर्च ब्‍वाइजलाई हराउँदै बीवाइएस्सी आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

पोखरा, २१ पुस । बीवाइएस्सी मिनेसोटा पोखरामा जारी २२औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । बिहिबार पोखरा रङ्गशालामा सम्पन्‍न सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १-० ले हराउँदै बीवाइएस्सी उपाधिको नजिक पुगेको हो ।

बीवाइएस्सीको जीतमा खेलको पहिलो हाफमा रोजिन प्रजापतिले गरेको गोल नै निर्णायक बनेको थियो । पहिलो हाफको इन्जुरी समयमा प्रबिन बस्‍नेतको पासमा रोजिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफमा चर्च ब्वाइज गोल फर्काउन प्रयासरत रहे पनि थप गोल हुन सकेनन् र साँघुरो जीतका साथ बीवाइएस्सी फाइनलमा स्थान बनाउन सफल भयो ।

बीवाइस्सीले गतवर्ष पहिलो खेलमै हार व्यहोरेर बाहिरिएको थियो । अब उसले उपाधिका लागि संकटा क्लबसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय