पाँचथरमा आगलागीमा परेर दुईको मृत्यु

तस्वीर स्रोत: नेपाल प्रहरी

पाँचथर, २० पुस । पाँचथरको फिदिममा गएराति एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । फिदिम नगरपालिका–८ घुमाउनेटारमा स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा अन्य दुई घाइते छन् ।

आगलागीमा परेर घर पूर्ण रुपमा क्षति भएको छ भने मेघबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै ५५ वर्षीय मेघबहादुर र उनका छोरा विजेन्द्र घाइते छन् । उनीहरुको अवस्था सामान्य छ ।

बिजुलीको लाइन सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको भएपनि आगलागीको यकिन कारण भने खुलेको छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय