वैशाखी टेकेर फिल्डमा मेयर कार्की

काठमाडौं, १८ पुस । कागेश्वरी-मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की कति विकासप्रेमी र जनप्रेमी जनप्रतिनिधि हुन् भन्ने कुरा उनको क्रीयाशिलता र वैशाखी टेकेर पनि फिल्डमा पुगेको तस्वीरले पुष्टि गर्दछ ।

नगर क्षेत्र भित्र निर्माण हुँदै गरेको पाटीटार खेल मैदानको निरीक्षण गर्दै नगरप्रमुख कार्कीले विकास निर्माणको काममा आफू सुतेर बस्न नसक्ने बताए । केही समय अगाडि उनको खुट्टामा चोट लागेपछि मेयर कार्की आराम गर्नुपर्ने अवस्थामा छन् ।

तर,खुट्टा फ्याक्चर भएको अवस्थामा पनि उनले बैशाखी टेकेर सोमबार निर्माणाधीन खेलमैदानको फिल्डमा पुगेपछि जनताले समेत उनको कामको प्रशंसा गरेका छन् ।

निर्माण समितिका अध्यक्ष दिनेश प्रसाद फुयाल सहित ईन्जिनियर र ठेकेदारसंगै फिल्ड पुगेका कार्कीले निर्माणाधीन पाटीटार खेल मैदानको कामको अनुगमन र अवलोकन गर्दै खेल मैदानमा आवश्यक कार्यहरु क्रमबद्द रुपमा सम्पन्न गर्दै जानुपर्ने आवश्यकता औंल्याए ।

उनले राष्ट्रिय खेल मैदान निर्णाणका विशेषयज्ञको परामर्ष प्रक्रिया र इन्जिनियरिङ प्रक्रिया अनुरुप थप कार्यको सुरूवात गरि खेल मैदानलाई नगर भित्रको नमुना र व्यवस्थित खेल मैदानको रुपमा स्थापित गर्ने प्रतिबद्धता समेत जनाए ।

नगरप्रमुख कार्कीसंगै खेल मैदान निर्माणस्थल पुगेका नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं-२ का सभापति कबिर शर्माले बिकासको काममा नगरपालिकासंग हातेमालो गर्दै अगाडी बढ्न नेपाली कांग्रेस तयार रहेको भन्दै आबश्यक जुनसुकै सहयोग गर्न आफुले पहल गर्ने बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय