आर्यन भन्छन्- विराज र निखिलसँग दुश्मनी छैन

काठमाडौं, १८ पुस । नेपाली चलचित्रका चक्लेटी नायक आर्यन सिग्देलले आफू माथी षड्यन्त्र भएको भन्दै दुखेसो गरेका छन् । आर्यनको पछिल्लो चलचित्र ‘डिसेम्बर फल्स’ हलमा चलिरहेको छ ।

चलचित्र प्रदर्शनमा आएको बेला आफ्ना बारेमा केहि दुईचार जना व्यक्तिहरूले निखिल उप्रेती र विराज भट्टको नाम जोडेर अफवाह फैलाइरहेको उनको भनाइ छ ।

आर्यनले लेखेका छन:

खास कुरो के थियो र के भन्न खोजिएको थियो भन्ने कुराहरू नबुझी र नसोचि यसै हचुवाको भर र समाचार/ट्रोलl हरूको हेडलाईन हेरेर नै आ-आफ्नो अभिव्यक्ति दिनुभएको रहेछ । विराज र निखिल कसैसंग मेरो कुनै पनि दुस्मनी छैन । र हुने पनि छैन । खै कस्ले किन यो अफवाह फैलाइरहेको छ थाहा छैन । मैले निखिल भन्दा विराज भट्ट निकै ठुलो स्टार हो भन्न खोजेको थिए नत निखिल उप्रेती भन्दा बिराज भट्ट नै । दुबै नेपाली सिनेमाका Action King हुन । उनीहरू दुबैको नेपाली सिनेमा क्षेत्रमा निकै नै ठुलो योगदान छ । जुन हामि सबैलाई अबगत नै छ ।
बिराज दाईको आवाज Action fight दमदार लाग्छ भने निखिल दाईको Action Stunt झनै खत्रा technical रूपमा निखिल अब्बल हुनुहुन्छ । त्यसैले मैले कसैको पनि comparison गर्न खोजेको थिएन र गरेको पनि होईन । नेपालमा technology र stunt Action भित्राउने निखिल दाई नै हुनुहुन्छ भने बिराज दाई Natural Action king . जुन दुबै मेरा लागि उतिकै सम्मान छन् ।

यदि म बाट केहि गलत भएको रहेछ भने त्यसको लागि सदैव क्षमा प्रार्थी छु ।

निखिल दाई र बिराज दाई मेरा निकै आत्मीय साथि मात्र नभई हामि एकदमै नजिकका Family Friend पनि हौ ।
यदि म बाट भुलचुक केहि नराम्रो शन्देशहरू तपाईले पाउनु भएको छ भने त्यसलाई बेवास्ता गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय