पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन [तस्वीरहरु]

प्रतिक भट्ट

पोखरा, १७ पुस । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल अर्थात् पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार भव्य रुपमा उद्घाटन सम्पन्‍न भएको छ ।

हजारौं व्यक्तिहरुको उपस्थितिमाझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्दा कार्यक्रम स्थलमा हर्ष र उल्लासको माहोल छाएको थियो ।

पर्यटकीय नगरी पोखरालाई हवाई सम्पर्कका माध्यमबाट पनि विश्वका अन्य सहरसँग सिधा सम्पर्क कायम गर्नका लागि करिब पाँच दशकअघिदेखि नै विमानस्थल बनाउने योजना अघि सारिएको थियो ।

सोही अनुरुप सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच व्यापारिक सम्झौता भएको थियो । सन् २०२१ को जुलाईमा निर्माण सम्पन्‍न भइसक्नुपर्ने भएपनि कोरोना संक्रमणका कारण म्याद थप गरेर २०२२ मा विमानस्थल निर्माण सम्पन्‍न भएसँगै उडानको तयारी गरिएको थियो ।

क्यालिब्रेसन फ्लाइट पनि सञ्‍चालन गरिसकेर सन् २०२३ को पहिलो दिनमा उद्घाटन गर्ने घोषणा गरेर आजको दिन विमानस्थल भव्य रुपमा उद्घाटन भयो ।

आन्तरिक उडान पनि यसै विमानस्थलबाट हुन थालिसकेको छ । अब हेलिकप्टर उडान अल्ट्रालाइट उडान र पोखरा जोमसोम उडान मात्र पुरानो विमानस्थलबाट हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय