साविक विजेता एपिएफ पोखरा गोल्डकपको सेमिफाइनलमा

तस्वीर सौजन्य: गोलनेपाल डटकम

पोखरा, १६ पुस । साविक विजेता एपिएफ क्लब पोखरामा जारी २२औं आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा धरान फुटबल क्लबलाई २-० गोलअन्तरले हराउँदै एपिएफ सेमीफाइनलमा प्रवेश गरेको हो । एपिएफको जीतमा विकु तामाङ र युवराज खड्काले १-१ गोल गरे ।

खेलको ३६औं मिनेटमा विकुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमै युवराजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा भने धरानले सुधारिएको खेल प्रदर्शन गरेपनि थप‌ गोल‌ भएनन् र एपिएफ २-० को‌ जीतका साथ अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो ।

एपिएफले गतवर्षको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै उपाधि जितेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...