ट्र्याक्टर दुर्घटनामा दुईजनाको ज्यान गयो

बझाङ, १२ पुस । बझाङको छबिसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

सोमबार साँझ करिब ८ बजे ट्र्याक्टर दुर्घटना हुँदा चालक छबिसपाथीभेरा–५ का मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार झोलुङ्गे पुलको सामान लिएर गएको से २ त २३४३ नम्बरको ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय